Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानाध्यापकमाथि भएको कुटपिटको घोर निन्दा गर्दै अनेरास्ववियु रतुवामाई


  • Purbeli Press
  • सोमबार, जेष्ठ ३० २०७९

विराटनगर : अनेरास्ववियु रतुवामाई नगर कमिटीले गत जेष्ठ २४ गते जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घोर आपत्ति व्यक्त गर्दै स्थानिय सरकारको ध्यानाकर्षण गरेको छ।

प्रधानाध्यापक इश्वर खनालमाथि रत्नडिक आधारभुत विद्यालयका शिक्षक सन्तोष घिमिरेले श्रीमतिलाई जागिर नलाईदेको विषयलाई लिएर कुटपिट गरेका थिए। अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै उक्त अभद्र व्यवहारको भत्र्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “गत जेठ २४ गते रतुवामाई नगरपालिका वडा नम्बर ९ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक इश्वर खनालमाथि नेपाली काग्रेंसको वडा पार्टी कार्यालयमा रत्नडिक आधारभूत विद्यालयका शिक्षक सन्तोष घिमिरेले जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै सामु कुटपिट भएको कुराको अनेरास्ववियु रतुवामाई घोर निन्दा गर्दछ । अनेरास्ववियु पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको सम्बन्धित निकायसँग माग समेत गर्दछ ।”

रतुवामाईमा श्रीमतीलाई शिक्षिका नियुक्ति गर्नुपर्ने भन्दै प्रधानाध्यापकमाथि कुटपिट

विज्ञप्ति सार्वजानिक गर्दै अनेरास्ववियु रतुवामाई नगर कमिटि अध्यक्ष प्रविन ढकालले विद्यालय भनेको सिक्ने ठाउँ हो, विद्यालयका शिक्षकहरुले यस प्रकारको अराजक क्रियाकलाप गरेपछि विद्यार्थीहरुले के सिक्ने भन्दै दुख प्रकट गरेका छन्।

यस्ता अराजक गतिविधिले विद्यार्थीहरुले शिक्षकको अनुसरण गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर प्रश्न उठेको उनले जिकिर गरे ।

नगर कमिटि सहसचिव प्रज्वल भण्डारीले पीडितलाई न्याय र दोषीलाई कारबाही नभए अझै सशक्त ढङ्गले अन्य आन्दोलनका कार्यक्रम लिएर प्रस्तुत हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार