Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मंगलबारको विदेशी मुद्राको विनिमय दर



foreign currency exchange rate board with lighting hand in background, money and finance concept

विराटनगर । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार