Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालयको एजेण्डा तय गर्ने


  • Purbeli Press
  • आइतबार, जेष्ठ २९ २०७९

काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ ।

बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने भएको छ ।

बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

केन्द्रीय कालायलमा महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार