Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिम्चुङबुङ गाउँपालिकाले कोदो खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ‘कोदो खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

कोदो खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाभित्र सञ्चालित सहकारी, समूह र संस्थाहरुलाई सम्पर्कमा आउन गाउँपालिकाले सूचना जारी गरेको छ ।

चालु आर्थिक वर्षका कोशी प्रदेश सरकारबाट प्राप्त ससर्त अनुदानबाट गाउँपालिकाले ‘कोदो खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष मेजर राईले जानकारी दिए ।

अनुदान प्राप्त गर्न मापदण्ड पुगेका सहकारी, समूह र संस्थाहरुले कार्तिक २ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालयमार्फत कृषि विकास शाखामा आवेदन दर्ता गरिसक्नुपर्ने छ ।

गाउँपालिकाबाट जारी सूचना :

प्रतिक्रिया
सम्बन्धित समाचार