Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको अध्यक्षमा राय



विराटनगर : नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको अध्यक्षमा निराजन राय सर्वसम्मत निर्वाचित भएका छन् ।

क्याम्पस कमिटीको सातौँ एकाई सम्मेलनले रायको नेतृत्वमा सर्वसम्मत ४५ सदस्यीय कमिटी चयन गरेको हो ।

क्याम्पस कमिटीको उपाध्यक्षमा कुनाल मण्डल र जितेन्द्र यादव चयन भएका छन् । समीप वाग्ने सचिवमा सर्वसम्मत चयन हुँदा सुस्मीता राम कोषाध्यक्ष बनेकी छिन् ।

सम्मेलनबाट अनादिल साइमा र चिराग देव सहसचिव बनेका छन् ।

क्याम्पसको सातौ सम्मेलनबाट बुधबार अखिल क्रान्तिकारी जिल्ला कमिटी मोरङले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार