Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विवेकशील साझा पार्टी कोशीको अध्यक्षमा सुदन श्रेष्ठ



विराटनगर : विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन।

सुनसरीको ईटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले श्रेष्ठको नेतृत्वमा १२ सदस्यिय प्रदेश समिति चयन गरेको हो ।

उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाँई सुवेदीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिए।

समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा ,मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल प्रदेश सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार