विरानगर । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त गरेको छ।
सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि खाली रहेको सचेतकको जिम्मेवारी कमला दर्नाललाई दिएको हो । समानुपातिक तर्फकी सांसद दर्नाललाई मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सचेतक नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।