Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बिहिबार फैसला आउनसक्ने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्दाहर्दैमा गएको छ ।
निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले आज फैसला हुन नसकेको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर मंगलबार विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । बुधबार बिदा भएका कारण विहिबारमात्रै अब जवाफी बहस हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारदेखि रिटउपर सुनुवाइ चलिरहेको छ । सोमबार निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।
विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।
विपक्षीको तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसहित विपक्षी कानून व्यवसायीले अध्यक्षता गर्ने इस्राइल मन्सुरी सभामुख वा उपसभामुख नभएको तथा उपसभामुखले बैठक नचलाएपछि बाध्यात्मक रूपमा उनले बैठकको अध्यक्षता गरेकाले उनले मत दिन मिल्ने जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार