Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्रीबाटै जातीय द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ : शेखर कोइराला



विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन् ।

उनले भने, अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ । परिस्थिति धार्मिक खासियत लडखडाएको छ । आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीजस्तो व्यक्तिले माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्नुभएको छ । उहाँले जातीय द्वन्द्व बढाउने काम गरिरहनु भएको छ ।

उनले पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताए । कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार