Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

भाइरल गायिका सिम्रनको साथमा नरेशले ल्याए ‘परान पियारा’



विराटनगर : अहिले सामाजिक सञ्जालमा भाइरल रहेकी नवगायिका सिम्रन परियारसँग मिलेर चर्चित गायक नरेश खातीले नयाँ गीत सार्वजनिक गरेका छन् । खाती र परियारको स्वरमा रहेको नयाँ गीत ‘परान पियारा’ सार्वजनिक भएको हो ।

गीतमा शब्द/संगीत पनि नरेशकै रहेको छ भने कृष्ण बिकले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा नरेशसहित मोडल उषा उप्रेतीको मुख्य अभिनय रहेको छ । नवराज शर्मा र योगेश थापाले पनि भिडियोमा अभिनय गरेका छन् ।

भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेकी हुन् । भिडियो नरेशले आफ्नै युट्युब च्यालनबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार