Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा



उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

आइतबारबाट सुरु भएको कार्यक्रमको पहिलो दिन वडा नम्बर ४ का १२५ बिपन्न र १६ अपांगता भएका परिवारलाई स्वास्थ्य विमा कार्ड वितरण गरिएको हो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निःशुल्क बीमा कार्यक्रम सुरु गरेको बताए ।

यस्तै उपप्रमुख मिना खतिवडाले नगरका सबै वडाबाट सिफारिस भएर आएका बिपन्न तथा अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको जानकारी दिइन ।

यस वर्ष नगरभरिका १९ सय परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने र आगामी वर्षहरुमा यसलाई बृद्धि गर्दै लैजाने तयारीमा नगरपालिका रहेको खरेलले बताए ।

आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि उर्लाबारी नगरपालिकाले नि शुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार