पोखरा । न्यूरोसर्जन प्रा.डा. यामबहादुर रोका गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराबाट सेवा दिन थालेका छन्। मस्तिष्क र नशासम्बन्धी शल्यक्रियामा २१ वर्षको अनुभवसहित आएका रोकाको नेतृत्वमा जीएमसीले दुई महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको छ।
रोक्काले सेवा सुरु गरेपछि २० सफल शल्यक्रिया भएका छन्। अस्पतालले १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) र नयाँ अपरेशन थिएटरसमेत सञ्चालनमा ल्याएको छ। सेवा चौबिसै घण्टा उपलब्ध छ।
१५ हजारभन्दा बढी शल्यक्रिया गरिसकेका रोकाको अनुभवले पूर्वका बिरामीसमेत पोखरा आउन थालेका छन्। पूर्व सप्तरीकी विनिताकुमारी मण्डलका छोराको सफल अपरेशनपछि उनले जीएमसीको सेवा र शुल्कप्रति सन्तोष व्यक्त गरिन्। रोका अहिले जीएमसीको न्यूरोसर्जरी विभाग प्रमुखसमेत हुन्। अस्पतालले न्यूरो सेवाको स्तर वृद्धिमा लगानी बढाइरहेको छ।