Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियु सुकुनाको अध्यक्षमा दाहाल निर्वाचित



विराटनगर : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पसमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार भएको निर्वाचनबाट क्याम्पस कमिटीको अध्यक्षमा योगेश दाहाल निर्वाचित भएका छन् ।

क्याम्पसको २४ औं सम्मेलनबाट ५१ सदस्यीय कमिटी घोषणा गरेपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा आकांक्षी हुँदा चयन हुन सकेको थिएन । अनेरास्ववियु मोरङ जिल्ला कमिटीका सहसचिव नविन पहाडीका अनुसार कोषाध्यक्ष र सहसचिव भने सर्वसम्मत चयन भएको थियो ।

अध्यक्षमा दाहालले २९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी टिकाराम घिमिरेले १७ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा सन्नी शाह ३४ मत र एलिशा गौतम २७ मत ल्याएर निर्वाचित भए । दुई उपाध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए ।

सचिवमा रेमन श्रेष्ठ २४ मत ल्याएर विजयी भए । उनले प्रतिद्वन्दी नवराज दाहाललाई २ मतले पछि पार्दै सचिवमा विजयी भएका हुन् ।

सम्मेलनले सहसचिव र कोषाध्यक्षमा भने सर्वसम्मत नेतृत्व चयन गरेको थियो । सुयोग भण्डारी, गिरिस मिश्र, सन्जु भण्डारी र सुदिप लोहोरुङ्ग राई सहसचिव चयन हुँदा सुप्रिया सिराल कोषाध्यक्ष चयन भएकी हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार