Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मल्लिका कार्कीको तीज गीत ‘रातै सारी रातै टिकी’ सार्वजनिक



विराटनगर : नेपालकी चर्चिक गायीका मल्लिका कार्कीको स्वरमा रहेको तीज गीत ‘रातै सारी रातै टिकी’ सार्वजनिक भएको छ ।

किरण केसीको शव्द र तारा प्रकाश लिम्बूको संगीत रहेको तीज गीत शुक्रबार सार्वजनिक भएको हो ।

उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले भिडियोमा अभिनय गरेका छन् । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोलाई शंकर बिसीले निर्माण गरेका हुन् । गायीका मल्लिका कार्कीले लामो समयपछि नयाँ गीत ल्याएकी हुन् । ‘तिमिले नसम्झिदा माया’, ‘यति धेरै मान्छेहरुको भीडमा’, ‘कसरी कसरी’, ‘आँखैमा राखौँ कि’ लगायतका गीत चर्चामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार