Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य उप्रेती



विराटनगर : माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पछिल्लो समय उनको छाड्दै गएका छन् । नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेका नेपाललाई पार्टी फुटाउन साथ दिएकाहरु धमाधम एमालेमा फर्किदै गएका छन् ।

सोही क्रममा सर्लाहीका पूर्वसाँसद तथा एसका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी ओलीले उप्रेतीलाई एमाले प्रवेश गराएका हुन् ।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले पहल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार