Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लभ गर्ने जोडीलाई हर्क साम्पाङको अपिल: घुम्न आउँदा विरुवा रोप्नु !



विराटनगर :  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जाल दिनहुँ विभिन्न स्टाटस लेखेर चर्चामा आइरहने गर्छन् ।

सामाजिक सञ्जालमा राम्रै फ्यान फलोअर्स भएका साम्पाङले लेखेका हरेक स्टाटसमा धेरैजसोले प्रतिक्रिया जनाउँछन् ।

यस्तै शुक्रबार उनले एउटा रमाइलो स्टाटस लेख्दै धरान घुम्न आउने जोडीहरुलाई बिरुवा रोप्न आग्रह गरेका छन् । उनले प्रेमको स्थायित्वको कामना गर्दै विरुवा रोप्न अपिल गरेका हुन् ।

उनले लेखेका छन्, “लभ पर्ने जोडीहरु पनि भोलि Boy Friend र Girl Friend आउनु होला, आफ्नो प्रेमको स्थायीत्वको कामना गर्दै विरुवा रोप्नु चट्ट सङ्गले ! लव गर्ने पनि तरिका हुन्छ के तरिका !”

प्रतिक्रिया
सम्बन्धित समाचार