Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर जागिर खाने विराटनगरका शिक्षक मण्डलविरुद्ध मुद्धा दायर



विराटनगर : शिक्षको जागिर खाँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा विराटनगरका एक शिक्षकविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगरस्थित शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डलविरुद्ध मंगलवार मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार मण्डलले भारतबाट बीएस्सी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमासमेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्धा दायर गरिएको हो ।

“अस्थाई शिक्षक नियुक्ति भई लाभ, सुविधा लिएको साथै सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमा समेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” थपलियाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार