Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुख दनुवारको पहलमा आधारभूत विद्यालय केउरेनीमा घेराबारा निर्माण



विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको पहलमा उदयपुरको एक विद्यालयमा घेराबारा निर्माण गरिएको छ ।

उपसभामुखको पहलमा उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री आधारभूत विद्यालय केउरेनीको कम्पान्डमा घेराबारा गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशको ५ लाख रुपैयाँ सहयोगमा विद्यालयको घेराबारा निर्माण भएको विद्यालयका प्रधानाध्यापक जीवन श्रेष्ठले जानकारी दिए ।

कक्षा १-८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले करिब एक सय २० जना विद्यार्थी अध्यनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार