विराटनगर : पछिल्लो समयका चर्चित दुई गायक गायिका नरेश खाती र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । खाती र अधिकारीको स्वरमा ‘मरे देउतैको’ बोलको गीत सार्वजनिक भएको हो ।
नरेश खातीकै शब्द संगीतमा सार्वजनिक गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । मेकसम नरेश अफिसियल नामक युट्युब च्यानलमा भिडियो राखिएको छ ।
भिडियोमा नरेश र समीक्षाले नै अभिनय गरेका छन् । नरेशकै निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायांकन, मनोज कार्कीले सम्पादन गरेका हुन् ।
यसअघि नरेश र समीक्षाको ‘माया मारेर’बोलको गीतले किनै चर्चा कमाएको थियो ।