विराटनगर : नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का उपसभापति रामकुमार चौधरी एमालेमा प्रवेश गरेका छन् ।
चौधरी समुदायमा लोकप्रिय रहेका उनी आइतबार एमालेमा प्रवेश गरेका हुन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र सुनसरीका जिल्ला अध्यक्ष एवं कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका रेवतीरमण भण्डारीले चौधरीलाई एमालेमा प्रवेश गराएका हुन् ।
लामो समय कांग्रेसमा रहेर काम गरेका चौधरीले कांग्रेस पार्टीको सिद्धान्त राम्रो भए पनि पछिल्लो समय पार्टीभित्र मौलाउँदै गएको गुटगत प्रवृतिका कारण एमालेमा प्रवेश गरेको बताए ।