Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विमल नेपालको ‘पीपला’ सार्वजनिक



काठमाडौं : पत्रकार विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो।

लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारी संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ ।

पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताएका छन । ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो। तर, बाचियो र किताब आयो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार