विराटनगर : कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रका लागि ७६ करोड ५५ लाख बजेट विनियोजन गरेको छ।
बिहीबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनका लागि ७६ करोड ५५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।