हिक्मतकुमार कार्की (बायाँ), केदार कार्की (दायाँ)
विराटनगर : प्रदेश सरकार स्थापना भएपछि कोशी प्रदेशमा नयाँ अवधारणासहित तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । अहिले उनै कार्की प्रदेशको मुख्यमन्त्री छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सो कार्यक्रमलाई समावेश गरिएको हो ।
‘असल नागरिक र सक्षम समाज निर्माण गर्ने कार्यका लागि लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सबल, सुसंस्कृत र सभ्य नागरिक उत्पादन गर्न माध्यमिक बिद्यालयहरुमा “म अघि बढछु”कार्यक्रम सञ्चालन गरिनेछ,’ प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति कार्यक्रममा भनिएको छ ।
यो कार्यक्रम अन्तर्गत प्रदेशका दुई लाखभन्दा बढी बालबालिकालाई विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गर्दै सगरमाथा टिन्स क्लबको नाममा समेटिएको थियो । विद्यालय तहसम्म पुगेको यो कार्यक्रमको आलोचना पनि हुँदै आएको थियो ।
यसघिका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले यो कार्यक्रमको नाम परिवर्तन गरी ‘हामी स्वंयसेवी अभियान’ राखेका थिए । उनले आफू मन्त्री भएपछि यो कार्यक्रम सञ्चालन गर्न आफ्ना कार्यकर्तालाई भर्ना गरेका थिए ।
यो कार्यक्रममा विभिन्न तहमा नियुक्ति पाउनेले तलबसमेत पाउने गरेका छन् ।
यो पनि हेर्नुहोस् :