हिक्मत कार्कीको कार्यक्रम आउट, केदार कार्कीको ‘इन’

विराटनगर : प्रदेश सरकार स्थापना भएपछि प्रदेश १ मा नयाँ अवधारणासहित तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रम हटाइएको छ ।
प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको बजेट मार्फत सो कार्यक्रमलाई हटाइएको हो । यो कार्यक्रम अन्तर्गत प्रदेशका दुई लाखभन्दा बढी बालबालिकालाई विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गर्दै सगरमाथा टिन्स क्लबको नाममा समेटिएको थियो । विद्यालय तहसम्म पुगेको यो कार्यक्रमको आलोचना पनि हुँदै आएको थियो ।
संसदमा सबैभन्दा बढी आलोचना गर्नेमा अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की थिए । उनी मन्त्री भएपछि यो कार्यक्रम सञ्चालन …