Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

त्रियुगा-१० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण निर्वाचित



विराटनगर । उदयपुर  त्रियुगा नगरपालिकाको वडा नं. १०  मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका किरण पाण्डेले बाजी मारेका छन् । काँग्रेसका खड्का र  एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट वडाध्यक्षमा काँग्रेसको प्रकाशकुमार खड्का पराजित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार