Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक



विराटनगर : लोकप्रिय गायक तथा सर्जक नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक भएको छ । शुक्रबार क्रेएटिपस् ह्याट नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

नरेश खातीकै शब्द संगितमा निर्माण भएको गीतमा खातीे र गायिका अनु चौधरीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ ।

म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित नायक आकाश श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । मौसम हिमालीले भिडियोको निर्देशन गरेका छन् ।

यसअघि पनि खातीका दर्जनौ गीत बजारमा आइसकेका छन् । खातीले आफ्ना अघिल्ला सिर्जनाहरुलाई जस्तै यो गीतलाई पनि दर्शकहरुले उत्तिकै माया गर्नेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार