विराटनगर : केही दिन यता देशका विभिन्न क्षेत्रमा ह्वात्तै गर्मी बढेको छ । शरीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसँगै बजारमा खरबुजा छ्याप्छ्याप्ती पाइन्छ ।
तपाई हामी कतिपयलाई पनि बहिर गर्मीमा अरु खाना भन्दा खरबुजा नै खान मनपर्छ । यसले शरीरमा पानीको मात्रा पूर्ती गर्नुका साथै छालामा चमक ल्याउँछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ ।
गर्मीमा होस या जाडोमा हामीले नियमीत फलफुल खाइरहनु पर्ने हुन्छ । गर्मिमा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । अब गर्मी मौसम लागेसगैँ बजारमा खरबुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
गर्मीमा खरबुजा शरीरको लागि धेरै फाइदाकारी मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ ।
यस्ता छन् खरबुजा खानुका फाइदाः
– खरबुजा खानाले शरीरिक फाइदा पु–याउनुका साथै छालामा चमक ल्याउँछ ।
-खरबुजा अनुहारमा लगाउनाले चमक आउँछ ।
-खरबुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।
-खरबुजामा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ जसले शरीरमा ‘भिटामिन ए’को कमी पूरा गर्छ ।
-‘भिटामिन ए’ले आँखाको ज्योती बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ ।
-खरबुुजाले शरीरका अनेक प्रकारका क्यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।
-यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।
खरबुजा स्वास्थ्यका लागि राम्रो मानिए पनि केही रोग लागेका मानिसले भने यसको प्रयोग गर्न नहुने चिकित्सकहरु बताउँछन् । दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नलीमा सुन्निने गर्छ ।
यस्तै भात वा दही खाने बित्तिकै तथा खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।