Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

युवा संघ रतुवामाईको अध्यक्षमा मिलन श्रेष्ठ



विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीको अध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार रतुवामाई ६ स्थित मदन प्रतिष्ठानको भवनमा सम्पन्न नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्म ४७ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

यस्तै कमिटीको उपाध्यक्षमा प्रकाश थापा चयन भएका छन् भने सचिवमा रमेशकुमार शाह सर चयन भएका छन् ।

युवा संघको उपसचिवमा विवश अधिकारी र जंगबहादुर ताजपुरिया चयन भएका छन् । कोषाध्यक्षमा भने पछि मनोनीत गर्ने निर्णय भएको एमाले नेता भाष्कर खनालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार