Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लाज नभएकाे गठबन्धनले सभामुखमाथि महाभियोग ल्याउन सक्छः ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले सभामुख माथि महाभियोग ल्याउन सक्ने बताएका छन्।

बिहीबार ओलीले पार्टी निकट पेशागत महासंघको कार्यक्रममा गठबन्धन सरकारले सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने बताएका हुन्।

उनले भने, ‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए। तर, पार लागेन। अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि बेर लाउँदैनन्। यिनीहरुसँग २५ प्रतिशत मात्रै होइन बहमत नै छदैछ। कुनै लाज शरम छैन। के गर्न हुन्छ के हुँदैन कुनै सीमा छैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार