विराटनगर : नेकपा एमालेले मोरङको रतुावामाईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार रतुवामाई-६ मा आयोजना भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।
एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तर्गत रतुवामाई नगर कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको एमाले मोरङका नेता भाष्कर खनालले जानकारी दिए ।
बिरामीलाई आवश्यक पर्ने रगतको अभावलाई परिपूर्ति गर्न रक्तदान गरिएको खनालले बताए । उनका अनुसार ५१ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा बिष्ट, नगर अध्यक्ष देवी दाहाल, नगर सहसचिव हेम कार्की लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
यस्तै एमालेले रतुवामाई ९ मा रहेको स्वास्थ्य चौकी इटहरामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार बिहान अस्पताल परिसरमा सरसफाइ गरेको एमाले वडा कमिटीका सहसचिव दुर्गा गौतमले जानकारी दिए ।