Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशबाट को-को शिक्षक भए बढुवा ? (सूचनासहित)



विराटनगर : शिक्षा सेवा आयोग, शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाले विभिन्न मितिको निर्णयअनुसार शिक्षकहरुको बढुवाको सूचि सार्वजनिक गरेको छ । आयोगले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) को परिच्छेद ४ को निमयय ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको निर्देशनालयले जारी गरेका सूचनामा उल्लेख छ ।

बढुवामा चित्त नबुझेमा ३५ दिनभित्र तोकिएको दस्तुर बुझाई निर्देशनालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । बढुवाका लागि शिक्षकहरुले विभिन्न मितिमा दिएको निवेदनमाथि कार्यसम्पादन मूल्यांकनको आधारमा सो बढुवा गरिएको हो ।

tcstcs2

प्रतिक्रिया
सम्बन्धित समाचार