Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सगरमाथामा जाम्बियाको झण्डा



काठमाडौ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।
नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।

जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धू बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वाेच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिनुभयो उनिले १५ मे मा विश्वको सर्वाेच्च शिखर सगरमाथाको पाइलो टेक्दा झण्डा फहराएका हुन ।

सगरमाथामा जाम्बियाको झण्डा फरफराउनुको उद्देश्य दुई देशबीच द्धिपक्षीय व्यापार र द्धिपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नु रहेको बस्नेतले बताउनुभयो ।

नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् । दक्षिण अफ्रिकाको फ्रिटोरियामा रहेको नेपालको दूतावासले जाम्बिया र नयाँ दिल्लीस्थित जाम्बियाको दूतावासले नेपाललाई आधिकारिक मान्यता प्रदान गरेका छन् ।

तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंध , एनएएस , जी –७७ र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुबै देशहरु कम विकसित (एलडीसी ) र ल्याण्ड लक (एलएलडीसी ) रहेका छन् र विश्वव्यापी विकास सहयोग र साझेदारीको धेरै एजेन्डामा समान धारणा व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार