Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा जिसस प्रमुख को बन्ला ?



विराटनगर ÷ स्थानीय तहको नतिजा आएपछि मोरङमा जिल्ला समन्वय समितिको प्रमुख को बन्ने भन्ने चर्चा सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा नेकपा एमाले ठुलो पार्टी भएपछि एमाले बाटै जिसस प्रमुख हुनेछन् । जिल्लाको १७ वटा पालिकामा २२ जना प्रमुख उपप्रमुख एमालेले बिजय हासिल गरेको छ । प्रमुख उपप्रमुखले जिसस प्रमुख र उपप्रमुख चुन्ने प्राबधान छ । जिसस प्रमुख हुन स्थानीय तहमा सदस्य वा वडा अध्यक्ष अथबा कार्यपालिकामा निर्वाचित भएको ब्याक्ति उमेदबार हुन्छन । एमालेका मोरङ सचिब रुपेस खतिवडाले अहिलेको प्रमुख बनाउने भन्ने छलफल चले पनि टुङगो नलागेको बताउनु भयो । निर्वाचन अघि कस्लाई बनाउने भनेर पालिकामा उमेदवार नबनाएकाले अहिले एमाले लाई समस्या भएको छ । आफुले जितेको कार्यपालिकामा अल्पसंख्यक , अपाङग अथवा पिछडा बर्ग लाई निर्वाचित गराएर प्रमुख उपप्रमुख बनाउनु पर्न बाध्यता एमालेलाई छ । स्रोतका अनुसार अहिले एमालेका नेता अजम्बर राई , राम लाल शाह लगायतको चर्चा छ अरु बिकल्प बाट पनि एमालेले उमेदवार खोजी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार