Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लघुवित्त संस्थाहरुको संरक्षणको माग गर्दै विराटनगरमा प्रदर्शन



लघुवित्तविरुद्ध भएका गलत कार्य रोक्न माग गर्दै महिलाहरु / तस्बिर : पूर्वेलीप्रेस

विराटनगर : लघुवित्त संस्थाहरुको संरक्षणको माग गर्दै विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार विभिन्न लघुवित्त संघसंस्थाहरुमा आवद्ध महिलाहरुले पछिल्लो समय लघुवित्तविरुद्ध भएका गलत कार्य रोक्न माग गरेका छन् ।

उनीहरुले बैकिङ संस्था र कर्मचारीहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय लघुवित्तविरुद्ध चर्को आवाज उठ्दै आएको छ ।

केहीदिनअघि मात्रै जीवन विकासमा एक कर्मचारीमाथि आक्रमण भएको थियो । खासगरी मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंले पछिल्लो पटक देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध आन्दोलन चलाइरहेका छन् ।

मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट विभिन्न सन्देशमूलक प्लेकार्डसहित भेला भएका महिलाहरुले लघुवित्तले धेरै राम्रो काम गरेको बताएका छन् । लघुवित्तविरुद्ध भइरहेका गतिविधिले आफूहरुको रोजीरोटीमा समेत असर पुग्ने उनीहरुको भनाइ छ ।

उनीहरुले बैकिङ संस्था र कर्मचारीहरुको सुरक्षा गर, ऋण तिरे घट्छ, नतिरे बढ्छ, लघुवित्त जोगाऔं, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विराटनगरका विभिन्न स्थान पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार