Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर महानगरको मेयरमा काँग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा विजयी



विराटनगर । प्रदेश नं. १ को राजधानी रहेको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की विजयी भएका छन् ।
शनिबार विहान सम्पन्न मतगणनाको परिणम अनुसार कोइराला३० हजार १७० मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर थापासंग उनको मतान्तर ८ हजार ७१५ छ । थापाले २१ हजार ४५५ मत ल्याउँदा कोईरालाले ३० हजार १७० मत प्राप्त गरे ।
यस्तै, विराटनगरको उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पराजित गर्दै कार्की विराटनगरको उपमेयरमा विजयी भएकी हुन् । यादवले १४ हजार २१९ मत प्राप्त गर्दा कार्कीले २५ हजार ६८० मत पाइन्।
विराटनगरमा जम्मा ८९७८९ मत खसेको थियो । १९ वडा रहेको विराटनगरमा नेकपा एमालेले ९, नेपाली काँग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले १ वडामा जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार