फाइल तस्विर
काठमाडौं । सरकारले सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ला राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
यसैगरी, सञ्चारमन्त्री शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति निर्णय पनि बैठकले गरेको बताइन्।
त्यस्तै, चालु आर्थिक वर्ष २०७९–०८० को लागि गहुँचको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ निर्धारण गर्ने, २०७९–११–१७ गते दक्षिण सुडानमा हुने फम्र्ड पुलिस यूनिटको मेडल परेड कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, २०७९ फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) श्री रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने स्वीकृति बैठकले गरेको छ ।