Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरी शनिश्चरे नगरपालिका मेयर र उपमेयर दुबैमा एमाले विजयी



विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा मेयर र उपमेयर दुबैमा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका मोहनप्रसाद तुम्‍वापोले १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर सुब्बालाई १ हजार ८ सय १० मतान्तरले पराजित गरेका हुन् । पराजित नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार देवीमाया काफ्‍ले ११ हजार ७ सय ४७ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३ सय ९० मत ल्याएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार