Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीमा पुन राेकियाे मतगणना, मतपत्र बढी भेटिएपछि तनाव



रंगेली । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा भइरहेको मत गणना पुन रोकिएको छ ।
मतगणनका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घायते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए । केहीबेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको छ ।
मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो ।
विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुनः निर्वाचन माग गरेको पत्र पेस गरेपछि निर्वाचन आयोगमा पठाइदिएको उनले बताए ।
रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।
रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थीतिमा भएको छलफल पछि सोमबारबाट सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार