Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ



काठमाडौं : बिन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले आइतबार रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको एसएसपी नविन्द्र अर्यालले जानकारी दिएका छन्।

साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ। गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन अघि उजुरी परेको थियो ।र सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार