Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीमा विजय र्यालीमा हिडेको ट्याक्टर दुर्घटना १३ घाइते, सबैको अवस्था सामान्य



रंगेली । मोरङको सुनवर्षी नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको विजय र्यालीमा रहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना भएका छन् ।
नेकपा एमालेले मेयर उपमेयर सहित ४ वटा वडा अध्यक्ष जितेपछि निकालेको र्यालीमा सहभागी को २ च १४३७ नम्बरको ट्याक्टर बिहीबार डाइनियाबाट उत्तरतर्फ जाने क्रममा सिटौला टोल भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मध्ये सुनवर्षी ९ का ३६ वर्षिय जालन्धर राजवंशी र सुनवर्षी ५ का ४५ वर्षिय राजकुमार सहनीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले बताएको छ । दुवैजनाको खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । अन्य सामान्य घाइतेहरु स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार