Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाले १६ केन्द्रीय सदस्य थप्याे, रमेश प्रसाईं र ज्वाला संग्रौला पनि परे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले केन्द्रीय समिति विस्तार गरेको छ । बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गर्दै केन्द्रीय समिति ४० सदस्यीय बनाएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव एक सय जनाको नाम सिफारिस भएको थियो । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो ।
मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार