विराटनगर । विराटनगर १ र २ नं. वडामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
वडा नं. १ मा एमालेका काजी बस्नेत १९०० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका राजन न्यौपानेले १५९१ मत पाए । त्यस्तै वडा सदस्यमा एमालेका शुशिल गुभाजु, लक्ष्मीदेवी राइनी, खुस्बु विश्वकर्मा र नेपाली काग्रेसका मोहन कर्ण कार्की विजयी भए ।
त्यस्तै वडा नं. २ मा एमालेका कुमार पोखरेल १३३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पवन सुरानाले १२८३ मत ल्याए ।