विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १९ बाट नेकपा एमालेले खाता खोलेको छ ।
विराटनगर–१९ मा नेकपा एमालेका उमेदवार श्याम घिमिरेकाे प्यानल नै विजयी भएकाे हाे । घिमिरेले ९८७ मत ल्याएर विजयी भएका हुन् ।
स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली काँग्रेस निर्वाचत भएको वडामा यस पटक एमाले जतेकाे हाे । नेपाली काँग्रेसका उदय राजबंशीले ८९९ मत प्राप्त गरेका छन् । उनलाई घिमिरेले ८८ मतअन्तरले पराजित गरेका हुन् । प्यानलनै एमालेले जितेको वडामा निजनारायण राजबंशी, लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी भएका छन् ।
विराटनगर महानगरपालिकाकाे मत गणनाकाे बिहान ६:३० बजेको ताजा अपडेट
मेयर
गठबन्धन रूख : ४५३१
सुर्य: ३३१५
लालटिन: १३६९ .
उप-मेयर
सुर्य: ३७६३
गठबन्धन छाता : २४२५