Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका २८ वर्षीय तील बहादुरको प्यानल नै विजयी



प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल नै विजयी भएको छ ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गर्नुभयो ।
महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी हुनुभएको छ ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार