Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिएनआई कोसी एक्स्पोलाई ऐतिहासिक बनाउने तीव्र तयारी



विराटनगर । विराटनगरमा सिएनआई कोशी एक्स्पो हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा सिएनआई कोशी एक्स्पोको आयोजना गर्न लागेको हो ।

एक्स्पोस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम भइरहेको आयोजकले जनाएको छ । एक्स्पोमा ३५० स्टल राखेर विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिने छ ।

सिएनआई प्रदेश १ का निर्देशक विजयहरी शर्माकाअनुसार एक्स्पोमा अन्तर्राष्ट्रियस्तरको कृषि एवं औद्योगिक प्रविधि र वस्तुहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीस्थलमा कारोबार योग्य वस्तुहरुलाई अलग–अलग पेभिलियनमा राखिने भएको छ ।

एक्स्पोमा नेपालबाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र बिक्रीका लागि स्टलहरु रहने छन । त्यसबाहेक हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगीतिक र साँस्कृतिक प्रस्तुतिसहितको विशेष कार्यक्रम आयोजना हुने सिएनआई प्रदेश १ ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार