सुनवर्षी । स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा विभिन्न स्थानीय तहमा पार्टीहरुले आफ्नो जित सुनिश्चित भएको र जित्ने आधारहरु सार्वजनिक गर्न थालेका छन् ।
चुनावी अभियानका क्रममा घरदैलो, टोल बैठक र कोणसभाहरु गरिसकेको एमाले सुनवर्षीले पनि मतदाताको सर्मथन पाएको एमाले नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार रहदा जारी भएको चुच्चे नक्सा, नाकावन्दिका बेला लिएको अडान, चुनावका वेला सार्वजनिक गरेको प्रतिबद्धता साथै विकास र सम्वृद्धिका लागि भएका कार्यहरुको स्पष्ट प्रभाव जनस्तरमा परेको देखिन्छ ।
यसैलाई आधार मानेर नेकपा एमाले सुनवर्षीले पनि नगरमा आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ । नगरमा जितका लागि उसले दावी गरेका आधारहरु यस प्रकार छन् ः
युवा र लोकप्रिय उम्मेद्वार
नगरमा उम्मेद्वारी दिएका प्रमुख पदका उम्मेद्वार मध्ये सबै भन्दा युवा र लोकप्रिय उम्मेद्वार एमालेको तर्फबाट उम्मेद्वारी दिएका श्याम राजवंशी हुन् । उनी एमालेबाट निर्विवाद उम्मेद्वार बनेका हुन् । अन्य पार्टीको उम्मेद्वार छनौटमा विवाद भएकाले पार्टी भित्रको असन्तुष्टीको फाइदा पनि एमाले उम्मेद्वारलाई हुने देखिन्छ । युवा उमेद्वार भएको र युवा समुहका मतदाताको संख्या पनि धेरै भएकाले यसलाई बलियो आधार मान्न सकिन्छ ।
एमालेको नीति कार्यक्रम र प्रतिबद्धता प्रतिकाे आकर्षण
सुनवर्षी एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रले यहाँको समुदायलाई आकर्षित गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र विद्युतिकरणका साथै सामाजिक न्यायलाई प्राथमिकतामा राखेर एमालेले ल्याएको प्रतिवद्धता पत्र प्रति यहाँका मतदाता आर्कषित भएका छन् । विशेषगरि एमालेले प्रतिबद्धता पत्रमा उल्लेख गरेको सिचाइका लागि निशुल्क विद्युत, गरिब तथा विपन्नलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था, कृषिको आधुनिकिकरण र व्यवसायीकरण जस्ता विषयले मतदाता आकर्षित भएका छन् । एमालेको सरकार हुदाँ देशमा राम्रा काम भएकाले पनि मतदातामा एमाले प्रतिको आर्कषण छ ।
वर्तमान स्थानीय सरकारले जनताको काम गर्न नसक्नु
२०७४ सालमा निर्वाचित स्थानीय सरकारले जनताको काम गर्न नसकेका कारण मतदाताको विश्वास एमालेमा बढेको छ । नगरपालिकालाई भ्रष्टचारको अखडा बनाएको, नगरअस्पतालका लागि संघिय सरकारले दिएको बजेट फिर्ता पठाएको, राहात वितरणमा अनियमितता गरेको अहिलेको स्थानीय सरकार र त्यसको पार्टी प्रति मतदाताको विश्वास गुम्नु पनि एमाले प्रतिको आशा र विश्वास बढ्नु हो ।
राजवंशी समुदायको विशेष साथ
सुनवर्षी बुहुभाषी, बहुसास्कृति रहेका मानिसहरु बसोबास रहेको नगर हो । यहाँ कुनै जातीकोमात्र बाहुल्यता छैन् । यहाँको भुगोल अनुसार मिश्रित समुदायको बसोबास रहेको छ । मतदाता पनि मिश्रित किसिमका छन् । सबै समुदायले स्विकारेका एमालेका उम्मेद्वारमा प्रमुखका उम्मेद्वार राजवंशी समुदायबाट भएकाले राजवंशी समुदाय अझ उत्साहित छ । यो उत्साहले मत बढाउने पक्का छ ।
माओवादीकाे पनि मत पाउने
एमालेले मेयर पदमा अगाडी सारेका उम्मेद्वार श्याम रावंशीलाई माओवादीले पनि भएको छ । माओवादीमा आवद्धहरुले संगठित रुपमा व्यक्त नगरेपनि माओवादीको मत श्यामलाई आउने देखिन्छ । श्यामले माओवादी संगठनमा लामो समय काम गरेकाले त्यहाँका साथीभाईको साथ उनलाई रहन्छ नै । अझ माओवादी आफैको मेयर उम्मेद्वार नभएकाले माओवादीले हाल्ने मत श्यामलाई नै आउने एमालेको दावी छ । २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट मेयरको उम्मेद्वार बनेका राजवंशीले त्यसवेला दोस्रो भएका थिए । अहिले एमालेको बलियो संगठन र माओवादीले आफ्नो नेतृत्व नहुनुको पीडा स्वरुप श्यामलाई मत आउने अर्को बलियो आधार हो ।
सुनवर्षीमा गठबन्धन भित्रै भाडभैला
नेकपा एमाले विरुद्ध देशभर पाँच दल गठबन्धन भएर चुनाव लडेका भएपनि सुनवर्षीमा पाँच दलिय गठबन्धन हुन सकेन् । पाँच दलबिच कुरा नमिल्दा नेपाली काग्रेँस एक्लै मैदानमा उत्रिएको छ । यस्तै विचार र सिद्धान्त फरक रहेका संघिय समाजवादी फोरम र माओवादीले दुई दलिय गठबन्धन गरेको छ । यसरी गठबन्धन बिचको फुटको फाइदा एमालेलाई छ ।