रंगेली । मोरङको सुनवर्षी नगरपालिकामा श्याम राजवंशीको पक्षम अभूतपूर्व जनलहर देखिएको छ ।
नेकपा एमालेको तर्वाबाट मेयरका उम्मेदवार राजवंशीको पक्षमा नेकपा एमालेका कार्यकर्ताको मात्र होइन अन्यदलका ब्यक्तिहरुको पनि साथ सहयोग र समर्थन पाइएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेशको लहरनै छाएको छ । चुनावी अभियान सुरुभएयता सुनवर्षीमा अन्य पार्टी परित्याग गरेर एक हजार पाँचसय बढी एमालेमा प्रवेश गरेको एमाले सुनवर्षीका सचिव विष्णु कडेँलले बताउनु भयो । विशेषगरि नेपाली काग्रेसमा सभापति तथा पूर्व प्रधानन्त्रि गिरिजा प्रसाद कोइरालाको समयदेखि सक्रिय कार्यक्रतालाई पछिल्लो समय काग्रेसले वेवास्ता गरेको र सुनवर्षीको विकासलाई ओझेलमा पारेको र एमालेले नगरको मुहार फेर्ने आशाले एमाले प्रवेश गर्नेको लहर चलेको कडेलले बताउनुभयो ।
सुनवर्षीमा काग्रेस नेतृत्वको स्थानीय सरकारले जनताको काम नगरेको, भ्रष्टचारमा डुवेर पार्टीका कार्यक्रता र सर्वसाधारण नागरिकलाई सेवा सुविधा दिन नसकेको भन्दै काग्रेस कार्यक्रताहरु एमालेमा प्रवेश गरेका हुन् । साथै एमालेको नीति र कार्यक्रम प्रति आर्कषण बढेको कडेलले बताउनुभयो ।
नेकपा एमाले सुनवर्षीले आफ्नो प्रतिबद्धता पत्रमा स्वास्थ्य, शिक्षा, सिचाईं र विद्युतमा केन्द्रीत गरेकाले कृषिमा आश्रितको संख्या धेरै भएको नगरमा एमाले प्रति नागरिकको आर्कषण बढेको हो । एमालेले सिचाइका लागि विद्यतुत महशुल निशूल्क गर्ने, गरिब तथा विपन्नलाई निशूल्क स्वास्थ्य विमा गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने र व्यवसायीकणमा जोड दिनेलगायतका कार्यक्रम नगर सुहाउँदो भएकोले नागरिकको लहर एमाले तर्फ बढेको हो ।
एमालेले उम्मेद्वार पनि योग्य र कुशल ब्यक्तिलाई मेयरमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै अझ बलियो बन्दै गएको स्थानीयले बताएका छन । राम्रो व्यक्तिलाई अगाडी बढाएकाले जनलहर एमालेको पक्षमा उर्लेको अमरदहका लक्ष्मण बुढाथोकीले बताउनुभयो ।
सुनवर्षीमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध बनाएका स्थानीयको सुखदूःखमा साथमा रहेर सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ श्याम राजवंशी । उहाँले स्थानीय समुदायमा समस्या पचिहान गर्नुभएको छ । समुदायसंग घुलमिल हुन र नेतृत्व गर्नसक्ने क्षमता भएकाले उहाँको पक्षम जनलह बढ्नु स्वभाविक भएको बुढाथोकीको भनाइ छ ।
श्याम राजवंशी युवाको प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले पनि युवाहरुको उहाँ प्रति विषेश आर्कषण छ । युवाका लागि आर्थिक शशक्तिकरण अभियान चलाउने, नगर क्षेत्रमा पहिलेदेखिनै बसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ । कृषि क्षेत्रलाई ब्यवसायिकरण गर्ने कार्यलाई निर्वाचित भएलगत्तै अघि बढाउन चाहानुहुन्छ । सवै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मुलबाटोहरुमा नाला सहितको कालोपत्रे गर्ने योजना छ । सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन वनाउने, प्राविधिक शिक्षाको ब्यवस्था गर्ने, गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने, विपन्नलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने, सिचाईका लागि निशुल्क विद्युत उपलब्ध गराउने एमाले एमाले सुनवर्षीले श्याम मार्फत नगरपालिकावाट कार्यावन्यन गराउने उदेश्य लिएको छ । एउटा सम्भावना र नेतृत्व क्षमता भएको, युवा जोर र जाँगर श्यामै रहेको जनाउदै अन्य पार्टीका ब्यक्तिहरु पनि एमाले सुनवर्षीको चुनावी अभियानमा सक्रिय हुन थालेका छन् ।
