Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बर्जुमा नेकपा एमालेकै सरकार बन्छः जिवछ कुमार राय



बर्जु । २५ बैसाख । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बर्जु गाउँपालिका अध्यक्ष पदमा जिवछ कुमार रायले उम्मेदवारी दिएका छन् । २०५४ सालमा भएको निर्वाचनमा रायले अमडुवा गाविसको प्रमुखमा निर्वाचित भएका थिए । २५ वर्ष पछि उनै राय स्थानीय तहको निर्वाचनमा अध्यक्षमा चुनाव लड्दैछन् । त्यतीबेला अमडुवा गाविसमा सिमित राय अहिले अमडुवा,रामगंज बेलगछिया,चिमडी र अमाही बेल्हा मिलेर बनेको बर्जु गाउँपालिकाका २२ हजार मतदातासँग घरदैलोमा गएर अध्यक्षका भोट मागिरहेका छन् । उनै रायसँग बर्जु न्युजको टिम आईतबार चिमडीकौ दैतामा घरदैलो गरिरहेको समयमा बर्जु न्युजका सम्पादक मनोज कुमार महतोले स्थलगत रुपमा कुराकानी गरेका छन् ।

सर्वप्रथम तपाईलाई २५ वर्षपछि  उम्मेदबार बन्नु भएकोमा बधाई दिन चाहन्छौं ?

धन्यवाद

२५ वर्षपछि पुन चुनावी मैदानमा आउनु भएको छ ? यसलाई कसरी लिनुहुन्छ ?

म आज भन्दा २५ वर्ष अगाडि साविक अमडुवा गाविसको निर्वाचनमा विजयी भएको थिए । त्यतीबेला अहिले जस्तो समय थिएन् हामी साइकलमा रयाली निकाल्थ्यो,प्रत्येक घरघरमा जान्थ्यो, न्युन खर्चमा चुनाव हुन्थ्यो तर अहिले समय फेरिएको छ । एउटा गाविसबाट अहिले ४ वटा गाविस मिलेर बनेको गाउँपालिकामा चुनावी मैदानमा छु । लामो समयसम्म मेलै नेकपा एमालेबाट राजनीति गर्दै आएको छु । मलाई पार्टीले विश्वास गरेर टिकट दिएकाले पुन २५ वर्ष अगाडिकै जस्तो पुन बर्जुमा नेकपा एमालेकै सरकार बनाउन दिनरात नभनी चुनावी मैदानमा छु ।

No description available.

तपाईको जित्ने आधारहरु के छन् ?

नेपाली कांग्रेसको नेतृत्वले बर्जुमा विकासको काम गर्न सकेन् त्यो कुरा जनताले बुझेका छन् । हामीले घोषणा पत्रमा पनि बर्जुको विकास यसरी गर्न सकिन्छ भनेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । बर्जुका ६ वटै वडा जोड्ने रिंग रोडको अवधारणा अघि सारेका छौं । १० बेडको अस्पताल पाँच वर्षमा बनाउने सोच छ । प्राविधिक शिक्षामा विधालयलाई अग्रसर गराउने लगायत बर्जुको सम्रग विकासको मोड्ल हामीसँग छ । बर्जुमा नेकपा एमालेको संगठन मजबुत छ । यी नै आधारहरुले हामी चुनाव जित्दैछौं ।

चुनावी अभियानलाई कसरी लैजादैं हुनुहुन्छ ?

बर्जु १ बाट हामीले घरदैलो अभियान सुरु गरेका थियौं । तपाईसँग कुरा गरिरहँदा पनि हामी अहिले चिमडीको दैतामा घरदैलो गरिरहेको त हेर्दै हुनुहुन्छ । यो कार्यकर्ताको भिड्बाट र आम जनताको उत्साहपुर्ण सहभागिताले हाम्रो जित निश्चित छ । घरदैलो सकिएपछि हामै बैसाख २७ गते बर्जुमा आम भेलाको कार्यक्रम गदैंछौं । आम भेलामा ६ हजार भन्दा बढि मानिस ल्याउँदै छौं । त्यसैगरि ६ वटै वडामा वडा अध्यक्षहरुले आफनो जनतासँग भोट मागिरहेका छन् ।

बर्जुको विकासको लागि एमालेको एजेण्डा के के छन् ?

हामीले प्रतिवद्धता पत्रमार्फत योजना सार्वजनिक गरेका छौं । बर्जुका हरेक नागरिकको बैक खातामा ५ लाख दिने भनेका छौं । यो दिन सकिन्छ त्यो हाम्रो नेतृत्व आयो भने हामी कसरी पुरा गछौं त्यो तपाइले हेर्नुहोला,रिगं रोड बाटोको अवधारणा अघि सारेका छौं,मावि विधालयमा प्राविधिक शिक्षामा जोड् दिनेछौं । ऐतिहासिक बर्जु तालमा पर्यटकिय क्षेत्र बनाउदैं हेलिप्याड,सुर्योदय अवलोकन दृश्य लगायत बर्जुका हरेक बाटोलाई कालेपत्ते क्रमस विकास गर्नेछौं । बालबालिका क्षेत्रदेखि ज्येष्ठ नागरिकको हक हितका योजना बनाएका छौं । समृद्ध बर्जु सुखी बर्जुबासी हुनेछन् । त्यो नेकपा एमालेले मात्र गर्न सक्छ । एमालेले के के योजना तथा एजेण्ड बृहत रुपमा हाम्रो चुनावी प्रतिवद्धता पत्रमा हेर्न सक्नुहुन्छ ।

तपाईको मुख्य प्रतिस्पर्धी को हुन् ?

मेरो मुख्य प्रतिस्पर्धी भनेको नेपाली कांग्रेसका अध्यक्ष रधुनन्दन चौधरी हुन् ।

तपाइले भन्नुहुन्छ नेपाली कांग्रेसले बर्जुमा केहि विकास गरेनन् । तपाइको पार्टीले पनि २ वटा वडाको नेतृत्व गरेकै थियो । तपाईहरुले साच्चै विपक्षीको भुमिका निर्वाह गर्न सक्नुभएनन् नी ?

हामीले ५ वर्षमा निरन्तर सल्लाह सुझाव तथा खबरदारी गर्दै आइरहेका छौं । यो सबै जनतामाझ छर्लङ छ । हामीले पटकपटक खबरदारी गर्दापनि हाम्रो कुरा सुनिएन् अब बर्जुका जनताले परिवर्तन खोजेका छन् । रहयो कुरा २ वटा वडामा एमालेको नेतृत्व थियो त्यहाँ अरु वडा भन्दा राम्रो काम भएको छ । यदी कसैले काम भएको छैन् भन्छ भने म खुल्ला यस विषयमा बहस गर्न तयार छु ।

No description available.

अन्तयमा जनताले एमालेलाई किन भोट दिने ?

वास्तवमा तपाइले एकदमै राम्रो प्रश्न गर्नुभयो त्यसको लागि सर्वप्रथम तपाईलाई धन्यवाद । नेकपा एमालेका सरकारले धेरै विकास कार्यक्रम अघि बढाएको छ । केन्द्रदेखि स्थानीय तह सम्म जहाँ जहाँ एमालेको सरकार छ त्यहाँ राम्रो विकास भएको छ । जस्तो की हुलाकी राजमार्ग पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले बजेट बिनियोजन गरेर अहिले ७० प्रतिशत काम सम्पन्न भएको छ अबको केहि समयमा सम्पन्न हुदैछ । राष्ट्रियताको सवालमा हेर्नुस अडिग छौं । त्यसैले अब बर्जुको जनताले परिवर्तन खोजेका छन् । एमालेको नीति तथा कार्यक्रम हेरेर बर्जुका जनताले एमालेलाई नै भोट दिन्छन् ।

अन्तरर्वाताको लागि समय दिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद ?

तपाईको यो बर्जु न्युजको टिमलाई पनि धन्यवाद नेकपा एमालेको चुनाव लक्षित विचार जनता समक्ष पुयाईदिनुभएकोमा ।

No description available.

 

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार