Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस संसदीय दलकाे बैठक बस्दै, प्रचण्डलाई विश्वासकाे मत देला ?



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने–नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा दुई घण्टाअगाडि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिने–नदिनेबारे कांग्रेसमा दुई धार छन् । संस्थापन समूहले विश्वासको मत दिएर निकट भविष्यमै सत्ता साझेदारी गर्न सकिने सम्भावना देखेको छ भने इतर समूह प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताइरहेकाे छ ।

१६९ सांसदकाे समर्थनसहित  प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सिंगाे सदनकाे मत पाउने अपेक्षा आफूले लिएकाे बताउँदै आएका छन् ।

उनी विश्वासकाे मत माग्न साेमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्वाराही पुगेका थिए । उक्त भेटमा देउवाले विश्वासकाे मतबारे पार्टीकाे संसदीय दलकाे बैठकबाट निर्णय लिने जवाफ दाहाललाई दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार