Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का मुख्यमन्त्री कार्कीको सपथ आज



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको सपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदको समर्थन कार्कीलाई छ ।मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्नेछन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार